दुहवी जुनियर जेसीजको १४ औ पदस्थापना समारोह
मिति २०७१ साल माघ १७ गते मंगलवारका दिन दुहवी वडा नं. ३ स्थित रहेको आफ्टर डार्क पार्टी प्यालेसमा दिनको ३ बजे भएको १४ औं पदस्थापना समारोह कार्यक्रम भएको थियो।
१४ औं पदस्थापन कार्यक्रमको सञ्चालन दुहबी जेसीज बर्ष २०२२ का महासचिव जेसी प्रकाश साहले गर्नु भएको थियो भने कार्यक्रममा राष्ट्रिय गान सामुहिक भएको थियो । उक्त कार्यक्रममा आस्था पाठ दुहवी जुनियार जेसीजकी बहिनी जु जैसी विसाखा साह, दुहवी जेसीजका जेसी शंकर मण्डल ज्यूले मिसन भिजन र स्वागत मन्तव्य जैसी विशाल बराल ज्युले वाचन गर्नु भएको थियो ।
दुहवी जुनियर जेसीज बर्ष २०२२ का अध्यक्ष जु. जेसी बिबेक हलुवाई ज्युले आफ्नो बोर्डका साथीहरू, दुहबी जुनियर जेसीजका पुर्व अध्यक्ष ज्यूहरु र आफ्नो सम्माकालिन विभिन्न शाखाबाट पाल्नु भएका जुनियर जेसिज शाखा अध्यक्ष ज्युहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो भने वर्ष २०२२ का पुरस्कर निर्णायक सिनेटर बिमला सुवेदी कार्की ज्युले तपसिलमा उल्लेखित विभिन्न विधाको पुरस्करहरुको घोषणा गर्नुभएको थियो ।
दुहबी जेसिज का भु.पु अध्यक्ष जेसी रिता चौधरीद्वारा आफ्नो माताको स्मृतिमा स्थापित कमला मेमोरियल अवार्ड जेसीज कार्यक्रमहरुमा उत्कृष्ट जुनियर सदस्य [Outstanding Junior Jaycee in Jaycees Programs] जु जैसी निरज ठाकुर ज्यु ले जित्न साफल हुनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथी श्री बेद नारायण गच्छदार र श्री मेनुका खतिवडा पोखेल ज्युले पुरस्कर प्रदान गर्नु भएको थियो र दुहबी जुनियर जेसिज २०२२ को अध्यक्ष जेसी बिबेक हलुवाई ज्युले अफ्नो अन्तिम अध्यक्ष मन्तव्य राख्नु भएको थियो ।
पदस्थापना कार्यक्रमको दोस्रो चरणमा २०२२ का निर्वाचन आयुक्त जु. जेसी मेघ ढकाल ज्युले निर्वाचन परिणाम सुनाउनु भयो र २०२२ का अध्यक्ष जु. जेसी बिबेक हलुवाई ज्युले २०२३ को लागी नव निर्वाचित अध्यक्ष जु. जेसी बिशाल शाह लाई सपत ग्रहण गराउनु भयो भने दुहबी जुनियर जेसीजको उपस्थित सम्पुर्ण पुर्व अध्यक्ष ज्युहरुले जेसीज चेन २०२३ का अध्यक्ष जु. जेसी बिशाल शाह ज्युलाई लगाइदिनु भयो र २०२३ का अध्यक्ष ज्युले आफ्नो अधुरो बोडलाई पुर्णता दिदै सम्पुर्ण बोडलाई सपत ग्रहण गराउनु भयो ।






